जेष्ठ २१ । इंग्लिस प्रिमियर लिगले क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ।
कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु अघि क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ। लिग सुचारु अघि क्लबले आफ्नो मैदान अथवा प्रशिक्षण मैदानमा अन्य क्लबसँग मैत्रीपूर्ण खेल खेल्न पाउने छन्।
शीर्ष डिभिजन क्लबले तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि अनुरोध गरेपछि प्रिमियर लिगले अनुमति दिएको टेलिग्राफले जनाएको छ।
लिग सुचारुको मिति तय भएसँगै क्लबहरुले प्रशिक्षण थालिसकेका छन्।
यस सिजन २० क्लबले ९२ खेल खेल्न बाँकी रहेको छ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ। लिभरपुल दुई जितले च्याम्पियन बन्ने छ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ। एजेन्सी
Facebook Comments


























