काठमाण्डौं, पुष २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन्।
यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए। तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेका हुन्।
यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट पनि दुई सय ग्राम हिरा बरामद भएको छ।
भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ।
Facebook Comments


























