जेठ ९ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन्। ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन्।
बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन्। यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो। अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे। मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे। बेन्जिमाले २३ गोल गरे।
यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए। मेस्सीले आठौं पटक पिचिची ट्रफी जितेका हुन्। यस्तै मेस्सीले लगातार पाँचौं सिजन पिचिची ट्रफी जितेका हुन्। उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन्। एजेन्सी
Facebook Comments

























