भदौ १२ । जापानका प्रधानमन्त्री सिन्जो अबेले पदबाट राजीनामा दिने भएका छन्। स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिन लागेको जापानका स्थानीय संचारमाध्यमलाई उघृत गर्दै बीबीसीले जनाएको छ।
उनको कार्यकाल २०२१ को सेप्टेम्बरमा सकिन लागेको छ। उनले केही दिन अगाडि मात्रै जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री कार्यकाल सम्हालेको रेकर्ड बनाएका थिए।
कोरोना महामारीमा सरकारले गरिरहेको कामलाई लिएर पछिल्लो समय उनको तीव्र आलोचना हुँदै आएको छ।
त्यसका साथै पार्टी सदस्यमाथि लागेको भ्रस्टाचारको आरोपका कारण पनि उनी चौतर्फी घेराबन्दीमा छन्। कोरोना महामारीका कारण जापानको अर्थव्यवस्था इतिहासकै कमजोर बनेको छ।
उनले कोरोना महामारीका कारण कमजोर बनेको अर्थव्यवस्था सुधार्ने प्रतिबद्धता जनाएका थिए।
जापानको ५७ औं प्रधानमन्त्रीका रूपमा उनी २०१२ देखि कार्यभार सम्हालिरहेका छन्। यसअघि पनि २००७ मा उनले स्वास्थ्यका कारण देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। एजेन्सी