काठमाडौं, जेठ ९ । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट टिम लाहोर क्वालन्डर्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले शनिबार सन्दीपलाई रिलिज गर्दै पुनः राशिद खानलाई टिममा बोलाएको छ।
कोरोना भाईरसको महामारीले प्रतियोगिता स्थगित हुनु अघि सन्दीपलाई लाहोरले राशिदकै स्थानमा अनुबन्ध गरेको थियो। तर, प्रतियोगिता स्थगित हुँदा सन्दीप कराँची पुगेर एक खेल नखेली घर फर्किएका थिए।
कोरोनाले स्थगित पीएसएलको बाँकी खेलहरु युएईको आबुधाबीमा हुँदैछ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ। पीएसएल खेल्ने खेलाडी र अफिसियलको कोरोना परिक्षण समेत भईसकेको छ।
पाकिस्तानको लाहोरमा शनिबार ६ टिमका खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको हो। पीएसएलको बाँकी खेलका लागि युएई जानु अघि खेलाडी र अफिसियलले पीसीआर टेस्ट गराएका हुन्।
Facebook Comments


























