काठमाडौं, जेठ ७ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका कुनै पनि रिट सर्वोच्च अदालतमा शुक्रवार दर्ता भएनन्।
राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएका हुन्। राष्ट्रपतिले दिएको समय आजै साँझ सकिने भएकाले अब रिटको औचित्य सकिएको सर्वोच्च स्रोतले जनाएको छ।
Facebook Comments


























