चितवन, जेठ ७ । जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टाराईले जसरी पनि वैंकल्पिक सरकार दिनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा.भट्टराईले लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार दिनुपर्ने बताए।
डा.भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा गर्ने प्रश्न अहंम भएको भन्दै जे गर्दा रक्षा हुन्छ त्यही गर्नुपर्ने धारणा राखेका छन्। उनले सबैले आवश्यक त्याग र बलिदान गर्दै लौरो उभ्याएर भएपनि संविधानको धारा ७६(५) अनुसारको वैकल्पिक सरकार दिनुपर्ने बताए।
‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहंम प्रश्न हो। जे गरेर रक्षा हुन्छ त्यही गरौँ।’ उनले भनेका छन्, ‘सबैले आवश्यक त्यागरबलिदान गरौँ। लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिऊँ। आजै गरौँ,अहिल्यै गरौ।’
उनले बिपी कोईराला, पुष्पलालदेखि अहिलेको पुस्ताले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने पनि बताए।



























