मकवानपुर, जेठ ६ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ। स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन्। डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन्। २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन्। अब प्रदेशसभाको मत गन्न बाँकी छ।
खिमलालले पाएको १२८ मतको मतभार २ हजार ३०४ हुन्छ। बादलले पाएको मतभार १ हजार ८५४ हुन्छ। डा.देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ।
Facebook Comments


























