जेठ ६ । प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो।
लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक एक गोल गरे। जित सहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ। र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।
लिगमा अब मात्र एक खेल हुन बाँकी छ। लिभरपुल ६६ अंक सहित चौथो स्थानमा छ। लेस्टर सिटीको समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो। योर्गेन क्लोप नेतृत्वका लिभरपुलले आईतबार क्रिस्टल प्यालेससंग लिगको अन्तिम खेल खेल्नेछ।
लेस्टरले घरेलु मैदानमा टोटेनहमलाई आमन्त्रण गर्दा चेल्सीले एस्टन भिल्लालाई पाहुना टोलीको रुपमा बोलाउनेछ। लिभरपुलसंग पराजित बर्नलीले ३९ अंक सहित अर्को सिजन प्रिमियर लिगमै रहने पक्का गरेको छ। अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ब्रोमलाई ३–१ ले हरायो। वेस्ट ह्यामले छैटौं स्थानमा रहदै यस सिजनको लिग अन्त्य गर्ने पक्का गरेको छ। एजेन्सी


























