काठमाडौं, जेठ ५ । एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बुधबार साँझ ७ बजे बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल हुने प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीका तर्फबाट कार्यदल संयोजक रहेका सुवास नेम्वाङले जानकारी दिए।
कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो। बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ।
पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए। कार्यदलमा दुवैतर्फका ५/५ जना नेता छन्।
Facebook Comments


























