काठमाडौं, जेठ ४ । सत्तारुढ नेकपा एमालेले गठन गरेको कार्यदलको बैठक आज बस्दैछ। पार्टीभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न आज कार्यदलको बैठक बस्न लागेको हो।
बैठक दिउँसो तीन बजे सिंहदरबारमा बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए। कार्यदल गठन भएपछिको यो पहिलो बैठक हो। कार्यदलमा सुवास नेम्वाङ, भिम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य छन्।
नेम्वाङ अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक हुन् । त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन्।
Facebook Comments


























