काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको बढ्दो संक्रमणबाट थप सचेत रहन आवश्यक रहेको बताएका छन्। मुस्लिम धर्मावलम्बीहरूको चाड इद (इद–उल–फित्र) को अवसरमा शुभकामना दिँदै कोभिड १९ को जोखिमप्रति सचेत हुँदै पर्व मनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएकाले यस्तो विशेषतालाई मौलिक पूँजीका रुपमा लिनुपर्ने जनाउँदै लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राखेर आपसी सद्भाव र सहिष्णुताका साथ पर्व बनाउनुपर्ने बताए।
Facebook Comments


























