बैशाख ३१ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सहज जित निकालेको छ। बिहीबार राति भएको खेलमा रियलले ग्रानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।
रियललाई जित दिलाउन लुका मोड्रिच, रोड्रिगो,अल्भारो ओड्रीओजोलो र करिम बेन्जिमाले एक एक गोल गरे। ग्रानडाका जोर्गे मोलिनाले एक गोल फर्काए। यो जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ। रियलले उपाधि होड जिवितै राखेको छ।
रियलले ३६ खेलमा ७८ अंक जोडेको छ। शीर्ष स्थानको एट्लेटिको मड्रिडको ८० अंक रहेको छ। ग्रानडा ४५ अंक जोडेर दशौँ स्थानमा छ। एजेन्सी
Facebook Comments


























