काठमाडौं, बैशाख ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो बुढानिलकण्ठ पुगेका छन्। राष्ट्रपतिको आह्वान अनुसार बिहीवारभित्रै गठबन्धन सरकार बनाइसक्नुपर्ने अवस्था रहेका बेला ठाकुर र महतो देउवालाई भेट्न पुगेका हुन्।
सभापति देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन प्रयास गरिरहेका छन्। तर ठाकुर र महतो नयाँ सरकार बनाउने पक्षमा नरहेका महतो निकट स्रोतले जानकारी दियो।
‘अध्यक्ष ठाकुरलाई नै प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने चर्चा शुरू भएको रहेछ तर उहाँले आफू प्रधानमन्त्री बन्न नचाहेको जानकारी देउवाजीलाई दिनुहुन्छ,’ स्रोतले भन्यो, ‘देउवाजीले पनि भेट्न चाहनुभएको थियो, भेटमा नेताहरूले वैकल्पिक सरकार बनाउन नचाहेकोबारे स्पष्ट जानकारी दिनुहुन्छ।’
Facebook Comments

























