काठमाडौं, बैशाख २९ । गण्डकी प्रदेशमा पुनः पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने भएका छन्। विपक्षी गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि प्रदेशसभाको ठूलो दलको रुपमा नेकपा एमालेको सरकार बन्ने भएको हो।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दललाई सरकार गठनका लागि आह्वान गरेकी छन्। बुधबार अपरान्ह ४ बजे बहुमतको सरकार गठन गर्ने समयवधि तोकिएको थियो। उक्त समयमा विपक्षी गठबन्धन बहुमत दाबी गर्न पुगे पनि विधिसम्मत नभएको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गरेकी हुन्।
कृष्ण थापालाई जनमोर्चाले कारबाही गरी बहुमत सांसद पुर्याउने विपक्षीको प्रयास असफल भएको छ। थापालाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नुअघि गैरकानुनी कारबाही गरिएको भन्दै उनले लेखेको पत्र प्रदेश प्रमुखकहाँ पुगेको थियो।
Facebook Comments


























