बैशाख २९ । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड पराजित भएपछि सिटीले उपाधि जितेको हो।
युनाईटेड घरेलु मैदानमा लेष्टर सिटीसँग २-१ ले पराजित भएको थियो। यससँगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ।
यस्तै पछिल्लो चार वर्षमा सिटीले तेस्रो पटक लिग जितेको हो। सिटीले तीन खेल बाँकी रहदै उपाधि जितेको हो। सिटी दोस्रो स्थानको युनाईटेड भन्दा १० अंकले अघि रहेको छ।
शीर्ष स्थानको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ। युनाईटेडको ७० अंक रहेको छ। एजेन्सी
Facebook Comments


























