काठमाडौं, जेष्ठ १३ । सन्दीप लामिछाने र कुशल मल्ल २० वर्ष मुनिका उत्कृष्ट क्रिकेट खेलाडीको सूचिमा परेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट प्रकाशित हुने पत्रिका ‘द नेशनल’ले सार्वजनिक गरेको विश्वका युवा खेलाडीको सूचीमा नेपालबाट सन्दीप र कुशल परेका छन्।
२० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट क्रिकेट खेलाडीको सूचीमा टेस्ट मान्यता प्राप्त देशका खेलाडीको बाहुल्यता रहँदै आएको छ।
एसोसिएट क्रिकेटबाट यो सूचीमा पर्ने खेलाडीमा यूएई र स्कटल्यान्डका एक–एक जना समावेश छन्।
यो सूचीमा भारतका धेरै खेलाडी परेका छन्। यस्तै पाकिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, वेस्ट इण्डिज, अफगानिस्तान, बङ्गलादेश र स्कटल्याण्डबाट पनि खेलाडी परेका छन्। सन्दीप लामिछाने लेग स्पिनर हुन् भने कुशल मल्ल अलराउण्डर हुन्।
Facebook Comments


























