असार २६ । बाहुबली स्टार प्रभासको अपकमिङ फिल्म ‘राधे श्याम’ को फस्ट लूक सार्वजनिक गरिएको छ। फस्ट लूकमा उनलाई अभिनेत्री पूजा हेग्डेसँग देख्न सकिन्छ।
फिल्म ‘बाहुबली’ मा अभिनय गरेपछि प्रभासका फिल्म प्रतीक्षित बनेका छन्। यसअघि उनी अभिनित फिल्म ‘साहो’ रिलिज भएको थियो। जुन फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो।
फिल्म ‘राधे श्याम’ को दर्शकलाई लामो समयदेखि प्रतीक्षा छ। पोस्टरमा प्रभास र पूजालाई रोमान्टिक मुडमा देख्न सकिन्छ। खबरका अनुसार यो फिल्म हिन्दी, तेलुगु र तमिल भाषामा रिलिज हुनेछ।
फिल्मलाई भुषण कुमार, भाम्सी र प्रमोदले निर्माण गरेका हुन्। यो फिल्म आउँदो वर्ष रिलिज गरिने बताइएको छ।
Facebook Comments


























