काठमाडौं, चैत्र १५ । घुस दिन खोज्ने मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–५ घर भएका १८ वर्षीय मन्दिल श्रेष्ठ छन्। कमलादी चोकबाट बा ८५ प २०६५ नम्बरको बुलेट मोटरसाइकल चालक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
चेकजाँच गर्न खटिएका ट्राफिक प्रहरी जवान संजिव कुमार यादवलाई पाँचसय घुस दिएपछि उनलाई पक्राउ गरिएको हो। चाबहिल बस्दै आएका मन्दिलले बुलेट मोटरसाइकलको स्वरुप परिवर्तन गरेर चलाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Facebook Comments

























