बैशाख २७ । पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ। हरारेमा सोमबार दोस्रो तथा अन्तिम टेस्टमा जिम्बावेलाई एक इनिङ्स १ सय ४७ रनले हराउँदै पाकिस्तानले सिरिज २-० ले आफ्नो बनाएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ५ सय १० रन बनाएको थियो। पाकिस्तानका अबिद अलीले अविजित रहदै २ सय १५ रनको दोहोरो शतकीय इनिङ्स खेले।
यस्तै अजहर अलीले १ सय २६ रनको शतकीय इनिङ्स खेल्दा नुमन अलीले ९७ रन बनाए। जिम्बावेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए। जिम्बावे पहिलो इनिङ्समा १ सय ३२ रन जोड्दा अलआउट भएपछि फलो अनमा परेछ। फलो अनमा परेपछि दोस्रो इनिङ्स थालेको जिम्बावे २ सय ३१ रनमा अलआउट भएपछि पाकिस्तान एकै इनिङ्समा विजयी भएको हो। पहिलो टेस्टमा पनि पाकिस्तानले एक इनिङ्स १ सय १६ रनको जित निकालेको थियो। एजेन्सी


























