काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा मतविभाजन शुरु भएको छ। प्रतिनिधिसभाको जारी बैठकमा मतविभाजनको प्रक्रियामार्फत् मतविभाजन शुरु भएको हो। त्यसअघि सभामुख अग्नि सापकोटाले मतविभाजनको प्रक्रियाबारे संसदलाई जानकारी गराएका थिए। अहिले मतदान जारी छ।
मतदानअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विश्वासको मत दिन सबै सांसदहरुलाई आग्रह गरेका थिए। त्यसपछि सबै दलका नेताहरुले प्रस्तावमाथि आफ्नो धारणा राखेका थिए। जसका जवाफ प्रधानमन्त्री ओलीले दिएपछि मतविभाजन शुरु भएको हो।
Facebook Comments


























