बैशाख २७ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्माथि विश्वास नै नभएको बताएका छन्। संसद्मा धारणा राख्दै यादवले भने, ‘जुन संसद्माथि तपाईंलाई विश्वास नै छैन, कसरी मत दिने?’
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग सम्झौँता गरे पनि कार्यान्वयन गर्ने बेलामा विश्वासघात गरेको आरोप यादवले लगाए। प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न नपाउने निर्णय मन्त्रिपरिषद्बाट गरेको आरोप लगाए।
‘प्रधानमन्त्रीजी क्याबीनेटबाट संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाईँदैन भनेर निर्णय गर्नुहुन्छ। यो केहो ? प्रदेशलाई केन्द्रको इकाइ हो बढ्दा फूर्ति नदेखाउ भन्नुहुन्छ,’ यादवले भने।
Facebook Comments


























