काठमाडौं, बैशाख २६ । जनता समाजवादी पार्टीका दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। उनीहरु केहीबेर पहिले त्यहाँ पुगेका हुन् ।
नयाँ सरकार गठनको पहल भइरहेका बेला दुई नेता देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन्। यसअघि उनीहरुले केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्ने बताएका थिए।
तर पछिल्लो समय पार्टीभित्र दबाब बढेको र माधवकुमार नेपाल समूहले पनि ओलीलाई विश्वासको मत नदिने बरु राजीनामा दिने तयारी गरेपछि जसपा नेताहरु देउवा निवास पुगेका हुन्।
Facebook Comments


























