काठमाडौं, बैशाख २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही वैशाख २५ गते पार्टी संसदीय दलको बैठक बोलाएको छ।
संघीय संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से कक्षमा अपराह्न २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा पार्टीको तयारी, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन्।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को आगामी बैठकमा लिइने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो। सो विषयमा पनि संसदीय दलको बैठकमा छलफल हुने उनले जनाइन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको हुँदा यही वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन्। रासस
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











