पोखरा, बैशाख २२ । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले बुधवार पदभार ग्रहण गरेकी छन्। पोखराको शहीद चोकस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले नियुक्तिको तेस्रो दिन पदभार ग्रहण गरेकी हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीसहित सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। गण्डकीमा यसअघि प्रदेश प्रमुख अमिक शेरचन थिए। शेरचन माओवादी कोटाबाट प्रदेश प्रमुख थिए भने पौडेल नेकपा एमालेकी हुन्।
उनी नेकपा एमालेमा पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ केन्द्रीय संयोजक हुन्। नियुक्तिअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार थिइन्। हाल चितवन निवासी पौडेलको जन्म कास्कीको पुरुञ्चौरमा २०१४ सालमा भएको हो।
Facebook Comments


























