चितवन, बैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ। योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ ।
Facebook Comments


























