काठमाडौं, बैशाख २० । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप सांसदहरुलाई स्पष्टीकरण सोधेका छन्। सांसदहरु गंगा चौधरी, समिना हुसेन, कलिला खातुनलाई स्पष्टीकरण सोधिएको स्रोतले जनाएको छ।
उनीहरुलाई चार दिनअघि स्पष्टीकरण सोधिएको र उनीहरुको जवाफसमेत आइसकेको बताइएको छ। स्रोतका अनुसार उक्त स्पष्टीकरणका बारेमा अध्ययन भइरहेको छ।
पार्टी विधानविपरित काम गरेको भन्दै यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले २७ जनालाई स्पष्टीकरण सोधेका थिए। त्यस्तै जवाफ चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता नेपालसहित धेरै नेताहरुलाई पार्टीबाट निष्काशन समेत गरिएको छ।
Facebook Comments


























