काठमाडौं, बैशाख २० । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
शर्मा ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुका स्वाब दिँदा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्।
‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानीपख रिपोर्ट आयो–पोजेटिभ। टेकुका डाक्टर मित्र अनुप बास्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’, उनले लेखेका छन्।
शर्माले सबैलाई सजग बन्न आग्रह गरेका छन् ।
Facebook Comments


























