बैशाख २० । गायक छवि न्यौपानेको स्वर रहेको ‘कुल्ची हिँड्छन् फूललाई’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। यो गीत अमेरिकाको सिनसिनाटी ओहायो राज्य निवासी गायक न्यौपानेको ‘कदर’ एलबममा समावेश छ।
गीतमा खेम रिजालको शब्द, संगीतकार तथा गायक कर्मा ग्यान्चेन बम्जनको संगीत रहेको छ। अभिनेता सुवास थापाको निर्देशन रहेको भिडियोमा सुवास थापा, बिनिता खड्का थापा, सिइला प्याट्रिक र कृष्टिन फिचर्ड छन्।
अमेरिकामा नै छायांकन गरिएको भिडियोमा बिनीता खड्का थापाको कोरियोग्राफी, तोरी राइसको छायांकन र अराज केशव गिरीको सम्पादन छ। भिडियो एनपी म्यूजिक हबबाट रिलिज गरिएको छ।
Facebook Comments


























