काठमाडौं, बैशाख १९ । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ। आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकले कोरोना महामारी रोकथाम र निर्णयका विषयमा पार्टी पङ्क्तिलाई परिचालन गर्ने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए।
उनले भने, ‘बैठकले कोरोना रोकथाम थप गम्भीरतापूर्वक लाग भनेर सरकारलाई ध्यानाकर्षण गर्यो। आफ्नो पार्टी पङ्क्तिलाई पनि अझ बढी क्रियाशील भएर कोरोना नियन्त्रण अभियानमा संलग्न हुन आह्वान गरेको छ।’
बैठकमा लुम्बिनी प्रदेश लगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई जानकारी गराएको उनले बताए।
Facebook Comments


























