बैशाख १९ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ। दिल्लीमा हुने पहिलो खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। राजस्थान र हैदरावादबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
आज राजस्थान तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ। राजस्थान ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ। हैदरावाद दोस्रो जित निकाल्न योजनामा हुनेछ।
हैदरावादले ६ खेलमा मात्र २ अंक जोडेको छ। पुछारमा रहेको हैदरावाद केन विलियम्सनको कप्तानीमा मैदान उत्रने छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा हैदरावादले ३ खेल जितेको छ। राजस्थानले २ खेल मात्र जितेको छ।
अहमदाबादमा हुने दोस्रो खेलमा पन्जाब किङ्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ। दिल्ली र पन्जाबबीचको खेल साँझ पौनेः८ बजे सुरु हुनेछ। दिल्ली छैटौं जित निकाल्ने योजनामा हुनेछ। र, शीर्ष स्थानमा उक्लन चाहन्छ। दिल्लीले ७ खेलमा १० अंक जोडेको छ। दिल्ली दोस्रो स्थानमा रहेको छ। पन्जाब चौंथो जितको खोजीमा हुनेछ। पाँचौ स्थानको पन्जाबले ७ खेलमा ६ अंक जोडेको छ। एजेन्सी


























