बैशाख १८ । नेपाल सुपर लिगमा अहिले धनगढी एफसी र एफसी चितवनविच प्रतिस्पर्धा भइरहेको छ। जसमा पहिलो हाफको खेलमा दुबै टिमले गोलरहित बराबरी खेलेका छन्। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा धनगढीको तुलनामा चितवनले केहि राम्रा मुभ बनाएको थियो। तर उसका लागि दुई पटक क्रसबार बाधक बन्यो।
२३ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीले प्रहार गरेको बललाई धनगढीका गोलकिपर किरण चेम्जोङले बचाएपनि रिबाउन्ड गोरान जेर्कोविचको प्रहार बारमा लागेर फर्कियो।
३२ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसको लगत्तै शिशिर लेखीको प्रहारलाई गोलकिपर किरण चेम्जोङले पन्च गरे। ३६ औं मिनेटमा फेरी चितवनका जर्ज प्रिन्स कार्कीले करिव ४० यार्ड टाढाबाट गरेको शसक्त प्रहार क्रसबारमा लागेर बाहिरीयो।
पहिलो हाफको अन्तिममा धनगढीको सौजन राईको क्रसमा अफिज ओलाओले बल प्रहार गर्नु अगाडी चितवनका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे।


























