बैशाख १८ । बलिउड अभिनेता बिक्रमजीत कंवरपालको कोरोनाबाट ज्यान गएको छ। बिक्रमजीत अभिनेता बन्नु अघि कंवरपाल आर्मीका अफिसर थिए। उनको ५२ वर्षीयको उमेरमा कोरोनाको कारण मृत्यु भएको छ। आर्मीबाट रिटायर भएपछि उनले सन २००३ सालमा अभिनयको शुरुआत गरेका थिए।
अभिनेता अशोक पंडितले सोशल मीडियामा बिक्रमजीत कंवरपालको मृत्युको खबर दिएको भारतीय मिडियाले जनाएको छ।
अशोकले ट्वीटमा लेखेका छन्, ‘आज बिहान मेजर विक्रमजीत कंवरपालको कोरोनाको कारण मृत्यु भएको समाचार सुन्दा दुःख लाग्यो। अवकाशप्राप्त सेनाका अधिकारी कंवरपालले धेरै फिल्महरू र टिभी सिरियलहरूमा सहयोगी भूमिका खेल्थे। उनको परिवार र नजिकका व्यक्तिहरूप्रति मेरो संवेदना।’ एजेन्सी
Facebook Comments


























