बैशाख १८ । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। दिल्लीमा हुने खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।
चेन्नई र मुम्बईबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। आज चेन्नई छैटौं जित निकाल्ने योजनासहित मैदान उत्रने छ। चेन्नई ६ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। मुम्बईलाई हराएर चेन्नई शीर्ष स्थान यथावत राख्न चाहन्छ।
यता, साविक विजेता मुम्बई भने चौंथो जित निकाल्ने योजनामा हुनेछ। मुम्बई ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा मुम्बई बलियो देखिएको छ। मुम्बईले ४ खेल जित्दा चेन्नईले १ खेल मात्र जितेको छ। एजेन्सी
Facebook Comments


























