गलकोट, बैशाख १८ । बागलुङको बरेङ गाउँपालिका–१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ–१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते हुनुभएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिए।
घाइते पौडेलको बायाँ हातको बुडी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुँन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो। उनलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए। रासस
Facebook Comments


























