काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताएका छन।
शनिबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक बढाइने बताएका हुन्। श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० बाट बढाएर १५ हजार पुयाइने प्रधानमन्त्री ओलीको भनाई छ। दैनिक पारिश्रमिक ५१७ रुपियाँबाट ५७७ रुपियाँ बनाइने पनि उनले बताए।
प्रधानमन्त्री ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भएको पनि जानकारी दिए। श्रमिकहरुको तलव भुक्तानी बैङ्कमार्फत गर्न थालिएको उनको भनाई छ। प्रधानमन्त्री ओलीले छिटोभन्दा छिटो सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पनि बताए।
Facebook Comments


























