बैशाख १७ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।
पन्जाब र बैंगलोरबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ। आज पन्जाब तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ। पन्जाब ६ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
बैंगलोर भने छैटौं जित निकाल्ने योजनामा हुनेछ। बैंगलोर ६ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ। बैंगलोर आज पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ। दुई टिमबीचको पछिल्लो पाँच खेलमा बैंगलोरले ३ खेल जितेको छ। पन्जाबले २ खेल जितेको छ। एजेन्सी
Facebook Comments

























