काठमाडौं, बैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दै छन्। कोरोना संकट, सरकारको भूमिका र लकडाउनमा नागरिकको जनजीवनमा परिरहेको असरका विषयमा सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
देउवाले पत्रकार सम्मेलनमार्फत् पार्टीको धारणा राख्न लागेको देउवाका स्वकीय सचिवसमेत रहेका भानु देउवाले जानकारी दिए। भानुले भने, “कोरोनाको महामारीकै विषयमा फोकस गरेर सभापतिज्यूले ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ।”
उनले मुख्य विषय कोरोना भएको र अन्य समसामयिक विषय पनि उठ्न सक्ने जानकारी दिए।
Facebook Comments


























