काठमाडौं, बैशाख १७ । नेपाल सुपर लिग फुटबलमा आज काठमाण्डौ रेजर्स र पोखरा थन्डर्स खेल्दैछन्। खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ। काठमाडौंले दुई खेलमा ३ अङ्क जोडेको छ।
पहिलो खेलमा काठमाण्डौले ललितपुर सिटी एफसीलाई १-० गोल अन्तरले हराएको थियो। दोस्रो खेलमा धनगढी एफसीले काठमाण्डौलाई ३-० गोल अन्तरले हराएको थियो।
पोखराले दुई खेलमा २ अङ्क जोडेको छ। पहिलो खेलमा बुटवल लुम्बिनीले पोखरालाई २-० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा पोखराले विराटनगरलाई १-० गोल अन्तरले हराएको थियो।
Facebook Comments


























