कास्की, बैशाख १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मन्त्रिमण्डलमा स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका छन्। मुख्यमन्त्री गुरुङले मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्।
मुख्यमन्त्री गुरुङ निकट स्रोतका अनुसार नवनियुक्त मन्त्री गुरुङको बिहीबारै सपथ राखिएको छ। सरकारविरुद्ध अविश्वास प्रस्ताव संसदमा पुगेका बेला मुख्यमन्त्रीले मन्त्री थपेका हुन्।
संसदमा दर्ता भएको अविश्वास प्रस्तावमाथि बुधबार मतदानको कार्यक्रममा मनाङे अनुपस्थित भएका थिए।
Facebook Comments


























