चितवन, बैशाख १६ । देशभर ४ हजार ९ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लागेकै दिन देशभर ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार ५९७ जनाको परीक्षण गर्दा ४ हजार ८३१ जना र एन्टिजेन विधिबाट ९६३ जनामा परीक्षण गर्दा ९७ जनामा संक्तमण पुष्टि भएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।
यस्तै पछिल्लो घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ।
यस्तै देशभर हाल सक्रिय संक्रमित ३४ हजार ११७ पुगेको छ।
Facebook Comments


























