बैशाख १३ । सन् २०२७ को नेटबल विश्वकप अष्ट्रेलियामा आयोजना हुने भएको छ। इन्टरनेसनल नेटबल फेडेरेसनले नेटबलको विश्वकप अष्ट्रेलिया गर्ने निर्णय गरेको हो।
फेडेरेसनको निर्णयसँगै विश्वकप सिड्नीमा आयोजना हुनेछ। विश्वकपको मिति भने तय भएको छैन। अष्ट्रेलियाले तेस्रो पटक नेटबलको विश्वकप आयोजना गर्न लागेको हो।
यस अघि सन् १९९१ र २०१५ मा अष्ट्रेलियाले नेटबलको विश्वकप आयोजना गरेको थियो। अष्ट्रेलियाले नेटबलको विश्वकप कीर्तिमानी ११ पटक उपाधि जितेको छ। त्यसअघि सन् २०२३ को विश्वकप भने दक्षिण अफ्रीकाको केप टाउनमा हुनेछ। एजेन्सी
Facebook Comments


























