काठमाडौं, बैशाख १२ । सोमबार बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा स्थगित भएको छ।
सभापति शेर बहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै बैठक स्थगित भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
‘कांग्रेसका सम्पूर्ण सदस्यहरूको कोरोना परीक्षण गरेर रिपोर्ट निस्किएपछि मात्र बैठक हुने निर्णय भएको छ’, निधिले भने, ‘सम्भवत १५ गते बैठक बस्छ।’
बैठकमा अन्य पार्टीबाट आएका व्यक्ति समायोजनको विषयमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। ‘केन्द्र, प्रदेश देखि वडासम्म समायोजनका विषयमा विवाद छ। त्यहाँ उहाँहरूलाई कसरी समायोजन गर्ने भन्ने विषयमा कांग्रेसले निर्णय गरिसकेको छ। यसलाई अझ व्यवस्थित गर्न कांग्रेसको विधि र विधानले हेरेर समायोजन गर्ने निर्णय भएको छ’, केसीले भने।
Facebook Comments


























