बैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिड्स युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ।
युनाईटेडले लिड्ससँग उसैको मैदानमा खेल्नेछ। लिड्स र युनाईटेडबीचको खेल पौने ७ बजे सुरु हुनेछ। युनाईटेड घरेलु टोलीलाई हराएर शीर्ष दुईको यात्रा यथावत राख्न चाहन्छ। युनाईटेडले ३२ खेलमा ६६ अंक जोडेको छ। युनाईटेड दोस्रो स्थानमा रहेको छ।
यत, लिड्स भन्दा घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ। लिड्स ४६ अंक जोडेर लिगको दशौँ स्थानमा रहेको छ। प्रिमियर लिग अन्तर्गत नै उल्भ्सले बर्नलीसँग खेल्नेछ। त्यस्तै एस्टन भिल्लाले वेस्ट ब्रुमसँग खेल्नेछ। एजेन्सी
Facebook Comments


























