बैशाख १२ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज दुई खेलहरु हुँदैछ। मुम्बईमा हुने पहिलो खेलमा चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ। चेन्नई र बैंगलोरबीचको खेल अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
आज बैंगलोर लगातार पाँचौ जित निकाल्ने योजनामा हुनेछ। बैंगलोर जित निकाल्दै शीर्ष स्थान कायम राख्न चाहन्छ। बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ।चेन्नई भने चौंथो जितको खोजीमा हुनेछ। चेन्नई ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
चेन्नईमा हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। दिल्ली र हैदरावादबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। दिल्ली चौंथो जित निकाल्ने योजनामा हुनेछ।
दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ। दिल्ली तेस्रो स्थानमा रहेको छ। हैदरावाद दोस्रो जितको खोजीमा हुनेछ। हैदरावादको ४ खेलमा २ अंक रहेको छ। एजेन्सी


























