बैशाख १२ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १-० ले पराजित गरेको हो।
चेल्सीलाई जित दिलाउन टिमो वेर्नेरले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा वेर्नेरले गोल गरेका हुन्। उनले बेन चिलवेलको पासमा गोल गरेका हुन्।
यस्तै खेलको ४२ औं मिनेटमा फाबियानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो।
जितसँगै चेल्सीले ३३ खेलमा ५८ अंक जोडेको छ। चेल्सी लिगको चौंथो स्थानमा रहेको छ। वेस्ट ह्याम ५५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























