बैशाख १२ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्न मैन्जसँग २-१ गोल अन्तरले पराजित भएको हो।
खेलको तेस्रो मिनेटमा जोनाथनले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा रोबिन क्वासनले गोल गर्दा मैन्जले २-० को अग्रता बनायो। त्यसपछि खेलको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले एक गोल गरेपनि बायर्न २-१ ले पराजित भयो।
यस हारसँगै बायर्न उपाधि उचाल्न असफल भएको छ। बायर्नलाई उपाधिका लागि मात्र एक जितको आवश्यकता रहेको छ। बायर्न लगातार नवौं सिजन उपाधिको नजिक रहेको छ। यस हारसँगै बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। मैन्ज ३४ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























