चितवन, बैशाख १० । देशभर पछिल्लो २४ घण्टामा दुई हजार ५५९ जनामा कोरोनाभाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा नौ हजार ६६४ जनाको रियल टाइम(पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा २५ सयभन्दा बढीमा संक्रमण देखिएको हो।
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार १२२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना प्रभावित ४१० जना संक्रमणमुक्त भएका छन्।
शुक्रबार थपिएका संक्रमितसँगै देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५०० भन्दा माथि सक्रिय संक्रमित रहेका जिल्लाहरू काठमाडौं, ललितपुर, पर्सा, बाँके र रुपन्देही छन्।
हालसम्म नेपालमा दुई लाख ९४ हजार ६०१ जना कोरोना संक्रमित भएकोमा दुई लाख ७६ हजार ७५५ जना निको भइसकेका छन्। संक्रमण निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






