गैंडाकोट बैशाख १० । प्याब्सन, भरतपुर महानगरपालिका (मेट्रो प्याब्सन) को आयोजनामा भरतपुर महानगरपालिकाका संस्थागत विद्यालयका प्राचार्यहरुको वार्षिक वैठक आज शुक्रवार गैंडाकोटमा सम्पन्न भएको छ।
कार्यक्रममा सहभागी वक्ताहरुले कोभिडको सङ्क्रमण बढ्दै गएको अवस्थामा सरोकारवाला संघ संस्थाहरुसँग समन्वयका साथ वैकल्पिक शिक्षामा जोड दिंदै प्रविधिको अधिकतम् प्रयोग गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए।
सामाजिक दुरी कायम गरेर छोटो समयमा सम्पन्न गरिएको कार्यक्रममा कोभिड सङ्क्रमणको समयमा मेट्रो प्याब्सनले सञ्चालन गरेको भर्चुवल कक्षा सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने सहयोगी र शिक्षण गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो।
प्याब्सन भरतपुर मेट्रोका अध्यक्ष लेखनाथ खनालको अध्यक्षतामा र प्याब्सन चितवनका अध्यक्ष टिकाराम चापागाईंले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका सदस्य नवराज भट्ट,प्याब्सन चितवनका पुर्व अध्यक्ष एवम् मेट्रो प्याब्सनका सल्लाहकार श्रीप्रसाद ढुङ्गाना, सल्लाहकार अरविन्द प्रताप राणा, उपाध्यक्ष कृतिनिधि अर्याल, सचिव मोहन लामा कालिका एड डीका दिपक पौडेललगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)






