बैशाख १० । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ। बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो।
राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो। बैंगलोरको जितमा देवदत्त पडिकलले अविजित रहदै १ सय १ रनको शतकीय इनिङ्स खेले। उनको यो आईपीएलमा पहिलो शतक हो। कप्तान विराट कोहलीले अविजित रहदै ७२ रनको इनिङ्स खेले।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए। राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए। कप्तान सन्जु सामसनले २१ रन बनाउँदा क्रिस मोरिसले १० रन बनाए। बैंगलोरका मोहमद सिराज र हर्सल पटेलले ३/३ विकेट लिए।
केली जेमिसन, केन रिचार्डसन र वासिङ्गटन सुन्दरले १र१ विकेट लिए। जितसँगै बैंगलोरले ४ खेलमा ८ अंक जोडेको छ। र, बैंगलोर शीर्ष स्थानमा उक्लिएको छ। राजस्थानले ४ खेलमा २ अंक जोडको छ। राजस्थान पुछारमा रहेको छ। एजेसी


























